२६ जेठ २०८३, मंगलबार

एमाले महाधिवेशनको उद्घाटन सत्रमा ५ लाख कार्यकर्ता सहभागी हुने

कात्तिक १५, २०७८
एमाले महाधिवेशनको उद्घाटन सत्रमा ५ लाख कार्यकर्ता सहभागी हुने

नेकपा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले चितवनमा गर्न लागिएको पार्टीको महाधिवेशनमा ५ लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने बताएका छन् ।

चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले विभिन्न प्रदेशबाट नेता कार्यकर्ता आउने बताए । पाण्डेले महाधिवेशनमा गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, बागमतीबाट २ लाख ५० हजार, प्रदेश नम्बर १ बाट २५ हजार सहभागी हुने अनुमान गरिएको बताए ।

उनले भने, ‘हरेक जिल्लाबाट धेरै जनता सहभागी गराउने तयारी छ ।’ उद्घाटनसत्र हुने नारायणी नदी किनारमा रहेका खाल्डाखुल्डी पुरेर व्यवस्थापन गर्न लागिएको उनको भनाइ थियो ।

उद्घाटन सत्रपछि बन्द सत्र सौराहामा गरिने जानकारी दिए । सौराहामा करीब ३ हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।

सोमवारै महाधिवेशन मूल समितिको सम्पर्क कार्यालय एमाले चितवनको पार्टी कार्यालयमा स्थापना गरी महाधिवेशन तयारी तीव्र पारिने उनले जानकारी दिए । उनले यसपालिको महाधिवेशन सहमतिमा हुने र केही पदमा मात्रै चुनाव हुनसक्ने बताए ।

महाधिवेशमा २ हजार प्रतिनिधि सहभागी हुँदैछन् । नेता पाण्डेले महाधिवेशन कुनै दल र नेताप्रति लक्षित गरेर नगरिएको दाबी गरे ।

बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो । महाधिवेशन आगामी मंसिर १०–१२ गतेसम्म हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्