१३ असार २०८३, शनिबार

मोरङको लेटाङ नगरपालिकामा कांग्रेसका उम्मेदवारको निधन

कात्तिक २०, २०७४
मोरङको लेटाङ नगरपालिकामा कांग्रेसका उम्मेदवारको निधन

मोरङ, ८ असार– नेपाली कांग्रेसबाट मोरङको लेटाङ नगरपालिकाको वडा सदस्यमा उठेका उम्मेदवारको मृत्यु भएको छ ।

लेटाङ नगरपालिकाको वडा नम्बर ६ को सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार मात्रिकाप्रसाद भण्डारीको बिहीवार विहान मृत्यु भएको हो । ५६ वर्षीय भण्डारी मुटुसम्बन्धी समस्याबाट पीडित थिए ।

चुनावी अभियानका क्रममा विरामी परेका भण्डारी उपचारका लागि झापाको दमक पुगेका थिए । उपचार गराएर घर फर्किने क्रममा भण्डारीको बिहीवार विहान ११ बजे बाटोमै मृत्यु भएको मोरङ कांग्रेसले जनाएको छ ।
२०४६ सालदेखि नै नेपाली कांग्रेसमा सक्रिय भण्डारीका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

मनोनयन दर्ता पछि उम्मेदवारको मृत्यु भएकाले सो वडामा सोही पदका लागि पुनः मनोनयन दर्ता गरिने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्