१४ असार २०८३, आइतबार

हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छौं : गृहमन्त्री खाँण

कात्तिक १५, २०७८
हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छौं : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा रहेको बताएका छन् ।

विश्व ॐकार महासंघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको कार्यभार सम्हालेका उनले सरकार सामाजिक विभेद् नहोस् भन्ने पक्षमा रहेको बताए ।

‘हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छौं, सरकार कतै पनि सामाजिक विभेद नहोस् भन्ने पक्षमा छ,’ गृहमन्त्री खाँडले भने ।

सबैले समान रूपमा आफ्नो धर्म मान्न पाउनुपर्नेमा जोड दिँदै उनले वर्गीय र जातीय रूपमा विभेद् भए सामाजिक सद्भाव खल्बलिने पनि बताए ।

महासंघका तर्फबाट अध्यक्ष प्रेमलाल महर्जन, पण्डित दिनबन्धु पोखरेल लगायतले सोमवार गृहमन्त्री खाँडलाई ज्ञापनपत्र बुझाएका थिए ।

चितवनको भरतपुर महानगरपालिका–४ मा ५८ वर्षीय भीमबहादुर विश्वकर्माको कुटपिटबाट मृत्यु भएको विषयमा केही व्यक्तिले दुर्गा मन्दिरलाई जोडेर जातीय विभेद र छुवाछुतको कारणले हत्या भएको भन्ने गलत र भ्रामक कुरा बाहिर ल्याएर जातीय द्वन्द्व मच्चाउन लागेको भन्ने आरोप लगाएकाले महासंघको ध्यानाकर्षण भएको उल्लेख गरिएको थियो ।  

ज्ञापनपत्रमा महासंघको सक्रियता तथा नवदुर्गा मन्दिर व्यवस्थापन समितिको संयोजनमा कात्तिक ११ गते सर्वजातीय पूजा आयोजना गरी दलित तथा गैरदलितको उल्लेख्य सहभागिता गराएर सामाजिक सन्देश दिन सफल भएको पनि उल्लेख गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्