२५ जेठ २०८३, सोमबार

प्रदेश प्रमुखलाई भेटेर मुख्यमन्त्री आचार्यले बुझाए राजीनामा

कात्तिक १५, २०७८
प्रदेश प्रमुखलाई भेटेर मुख्यमन्त्री आचार्यले बुझाए राजीनामा

प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई भेटेर राजीनामा बुझाएका छन् ।

विश्वासको मत लिने प्रस्ताव निर्णयार्थ पेश हुने कार्यसूची रहेको प्रदेशसभा बैठकमा सोमवार दिउँसो राजीनामा घोषणा गरेका आचार्यले प्रमुख अधिकारीलाई राजीनामा बुझाएका हुन् ।

नेकपा एमाले विभाजन भएसँगै अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले लामो समयपछि राजीनामा गरेका छन् । विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीको नेतृत्वमा प्रदेश सरकार बनाउने तयारी गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्