
नयाँ कार किन्ने सोचमा हुनुहुन्छ भने उत्तम रोजाइ हुन सक्छ टाटाको एनआरजी ।
सन् २०२० मा टाटाले आफ्नोे सम्पूर्ण स्वरूप परिवर्तन गरेपछि टाटा एनआरजी जर्बजस्त देखिएको छ ।
हेडलाइट र फन्ट ग्रिल दुवै ठूलो बनाएको छ ।
ब्ल्याक रुफ, ब्ल्याक मिरर, ब्ल्याक बम्पर र ह्वीलको क्याब पनि ब्ल्याक हुँदा कार स्टाइलिस देखिएको छ । ब्ल्याक फिनिस दिइएकाले कार स्पोर्टी लाग्छ ।
एनआरजीले ग्राउन्ड क्लियरेन्स बढाएको छ, जुन १ सय ८१ एमएमको छ । क्यामेरा पनि ब्ल्याक रङको भएकोले झन् आकर्षक देखिएको छ । यो कार मजबुतीमा निकै अगाडि छ ।
कारको टायर साइज १५ इञ्च छ । बाहिरी रङसँग सुहाउँदो बनाउन भित्र पनि सोही रङले कारको सजावट गरिएको छ । ड्यासबोर्ड युजर–फ्रेन्ड्लीे छ ।
अग्ला कदका चालकका लागि स्टेरिङ ह्वीलमा पनि हाइट एड्जस्ट गर्न मिल्ने बनाइएको छ । कारलाई राम्रोसँग डिजाइन गरिएको छ । सुरक्षामा ग्लोबल एनक्यापले यसलाई ४ रेटिङ दिएकाले यो कार सुरक्षित रहेको स्वतः पुष्टि हुन्छ । रिभर्स पार्किङ क्यामेरा सिस्टम जडान गरिएकाले कार सहज र झन्झन्टमुक्त लाग्छ नै ।
सिट निकै आरामदायी छन् । लामो दुरी होस् या छोटो– कारमा बस्दा तपार्ईलाई आराम मिल्नेछ । कारको मिडिल सिटमा दुई वयस्क मानिस र एक बच्चा आरामले बस्न मिल्छ । बजारमा उत्कृष्ट ठहरिएको हार्मन स्पीकर यसमा जडान गरिएको छ । यसले राम्रो आवाज दिने भएकाले हाम्रो कानलाई मात्रै होइन, सडकको वातावरणसमेत श्रुतिमधुर बनाउन सघाउनेछ । बुट स्पेस गाडीको २ सय ४२ लिटरको छ । ४ जनाको सामान सहजै अटाउन सकिन्छ । यसमा १.२ लिटरको पेट्रोल इन्जिन आउँछ ।
यस्तै, ५ स्पीड एमटी र एमएमटी दुवै सिस्टम यसमा उपलब्ध छ । कार हाँक्दा कुुनै प्रकारको कम्प्रमाइज गर्नु पर्दैन । चाहे तपाईं हाईवेमा हाँक्नुस्, या सहरमा हाँक्नुस् या ओभरटेक नै गर्नुस् । कारको प्रस्तुति एकदमै राम्रो छ भने गियर चेन्ज गर्न असाध्यै सजिलो छ ।
लामो दुरी र तीव्र गतिमा निरन्तर चलाउँदा पनि कारमा कुनै गडबडी आउँदैन, बरु सरर गुड्नु यसको अर्को गतिलो विशेषता हो । गाडीको माइलेज जर्बजस्त छ । शहरी क्षेत्रमा ३० देखि ६० र राजमार्गमा १५ देखि २० किमीको माइलेज यसले दिन्छ, चाहे म्यानुअल चलाउनुस् या एएमडी ।
नेपाली बजारमा यस कारको मूल्य ३१ लाख ९६ हजार पर्न आउँछ ।