०७ असार २०८३, आइतबार

यसरी पत्ता लगाउनुस् महको शुद्धता

कात्तिक २०, २०७४
यसरी पत्ता लगाउनुस् महको शुद्धता


महमा भिटामिन, प्रोटीन, खनिज र अमिनो एसिड भरपूर मात्रामा पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । तर बजारमा नक्कली मह छ्यापछ्याप्ती पाइन्छन् । कसरी थाहा पाउने त कुन मह शुद्ध हो अनि कुन मिसावटी ? यहाँ हामी महको शुद्धता जाँच्ने केही उपाय सिकाउँदैछौं ।

पानीमार्फत
एक गिलास पानीमा एक चम्चा मह हाल्नुस् । मह पानीको तल्लो भागमा थिग्रियो भने शुद्ध हो तर पानीमा मिसियो भने मिसावटी भनी बुझ्नुपर्छ ।

आगोमार्फत
एउटा सलाईको काँटीमा कपास लपेट्नुस् र त्यसलाई मैनबत्तीको आगोमा बाल्नुस् । त्यसमा आगो लाग्यो भने त्यो मह शुद्ध छ । त्यसमा आगो लागेन भने पानी मिसाइएको छ ।

कागजमार्फत
टिस्यु पेपरमा महका केही थोपा चुहाउनुस् । अशुद्ध मह हो भने पेपरले त्यसलाई सोस्छ र शुद्ध मह चाहिँ कागजमाथि नै बस्छ ।

कपडामार्फत
कपडामा पनि अशुद्ध मह हाल्दा अशुद्धता सोसिन्छ । कपडामा मह लगाएर अलिकति सुकेपछि त्यसलाई धुनुस् । दाग लाग्यो भने त्यो महमा मिसावट छ ।

आगोमार्फत
मह तताउनुस् । त्यसमा फोका उठ्न थाले भने मिसावटी बुझ्नुस् । त्यो गाढा भयो भने शुद्ध मह हो ।

पाउरोटीमार्फत
पाउरोटीमा मह दल्नुस् । मह कठोर भयो भने शुद्ध हो तर मह हालेपछि पाउरोटी नरम र गिलो भयो भने त्यसमा मिसावट भएको छ ।

एजेन्सी

कमेन्ट गर्नुहोस्