०२ साउन २०८३, शनिबार

पञ्चपुरीले जित्यो काँक्रेबिहार गोल्डकपको उपाधि

कात्तिक १५, २०७८
पञ्चपुरीले जित्यो काँक्रेबिहार गोल्डकपको उपाधि
प्रतिकात्मक तस्वीर

सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न काँक्रेबिहार गोल्डकप फूटबलको उपाधि पञ्चपुरी नगरपालिकाले जितेको छ ।

सोमवार भएको अन्तिम खेलमा पेनाल्टी सुट आउटमा वीरेन्द्रनगरलाई हराउँदै पञ्चपुरीले गोल्डकप उपाधि हात पार्‍यो । पञ्चपुरीले ६–५ गोलअन्तरको जीत निकालेको छ । 

निर्धारित ९० मिनेटको खेल १–१ बराबरीमा सकिएपछि आइतवार पेनाल्टी हान्ने क्रममा विवाद भई प्रतियोगिता स्थगित भएको थियो । पञ्चपुरीले भेरीगंगा, गुर्भाकोट नगरपालिकाको टीमलाई पाखा लगाउँदै वीरेन्द्रनगरसँग अन्तिम प्रतिस्पर्धा गरेको हो । 

वीरेन्द्रनगरले सिम्ता र चिंगाड गाउँपालिकाको टीमलाई हराउँदै उपाधि नजिक पुगेको थियो । गोल्डकप विजेता पञ्चपुरीले १ लाख रुपैयाँ नगदसहित ट्रफी तथा उपविजेता वीरेन्द्रनगरले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । काँक्रेविहार युवा क्लब सुर्खेतद्वारा आयोजित यो अन्तर पालिकास्तरीय प्रतियोगिता हो ।

salt training

कमेन्ट गर्नुहोस्