×

NMB BANK
NIC ASIA

गृहमा सीडीओ सरुवामा चरम बेथिति

कात्तिक १६, २०७८

NTC
Premier Steels

गृह मन्त्रालयले केही महिनादेखि लगातार गर्दै आइरहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा अन्य कर्मचारीको सरुवामा चरम बेथिति देखिएको छ । गृहले यसअघि सीडीओ तथा मातहतका कर्मचारी सरुवामा बनाएका वैज्ञानिक नियम, मापदण्ड र विधिहरू यसपटक एकैपटक मिचिएको गृहकै अधिकारीको भनाइ छ ।

Muktinath Bank

गृह मन्त्रालयले विगत साढे तीन महिनाको अवधिमा सय बढी कर्मचारीको सरुवा गरिसकेको छ । यस अवधिमा अधिकांश जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृहमा लामो समय बसेर अनुभव हासिल गरेका काविल सीडीओहरूलाई हटाएर गृहको अनुभव नै नभएकालाई महत्वपूर्ण जिल्लामा पठाइएको पाइएको छ । गृहस्रोतका अनुसार झन्डै एक दर्जन जिल्लामा सहसचिव दरबन्दी हुने स्थानमा अनुभवी सीडीओलाई हटाएर अनुभव नै नभएका उपसचिवहरूलाई सीडीओको जिम्मेवारी दिएर विधि मिच्ने काम गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बारा, बाके, स्याङ्जालगायतका जिल्लामा सहसचिवको दरबन्दी रहे पनि ती जिल्लामा सीडीओका रूपमा उपसचिवलाई पठाइएको छ । जबकि, मन्त्रालयमा झन्डै एक दर्जन सहसचिवलाई दुई महिनादेखि नै जिम्मेवारी नदिएर बरन्डामा थन्काउने काम गरिएको छ । यस्तै, त्यति नै संख्यामा उपसचिवलाई पनि जिम्मेवारी नदिएर बरन्डामा नै थन्काइएको छ ।


Advertisment
Nabil box
Kumari

निजामती सेवा ऐन नियमावलीमा कुनै पनि कर्मचारीलाई एक महिनाभन्दा बढी जिम्मेवारी नदिई राख्न पाइँदैन् । गृहले दुई दर्जन कर्मचारीलाई दुई महिनादेखि जिम्मेवारी नदिएर सो ऐन र नियमको ठाडो उल्लंघन गरेको हो । यसैगरी, केही समयअघि सर्वोच्च अदालतले दिएको आदेशलाई समेत गृहले पूर्णतः बेवास्ता गरेको छ ।

Vianet communication

सर्वोच्चले जिल्लामा प्रमुख जिल्ला अधिकारी पठाउँदा कानुन विषयमा एलएलबी गरेको वा तीन महिनाको कानुन तालिम लिएको कर्मचारी पठाउनुपर्ने आदेश दिएको थियो तर अहिले गृहले पठाएका अधिकांश सीडीओहरूले एलएलबी पनि गरेका छैनन् भने तीनमहिने तालिम पनि नलिएको गृह स्रोतले जानकारी दिएको छ । यस विषयमा आवश्यक छानबिन हुनुपर्ने माग गृहभित्रै गरिएको छ ।

गृहमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) जस्तो संवेदनशील पदमा कर्मचारी पठाउँदा राम्रो मान्छेभन्दा पनि हाम्रो मान्छेको नीति अख्तियार गरिएकाले त्यसरी जाने प्रमुख जिल्ला अधिकारीले जिल्लाको शान्ति सुरक्षाको अवस्था सुदृढ राख्न नसक्दा सुरक्षा चुनौती थपिएको गृह मन्त्रालयकै एक कर्मचारीले बताए । ‘कहिल्यै गृहमा नबसेका र शान्ति सुरक्षा र सुरक्षा रणनीति’bout केही थाहा नभएकालाई छानीछानी सीडीओ बनाएर पठाउँदा त्यसले शान्ति सुरक्षामा नै गम्भीर खलल पुग्न सक्छ,’ गृहका ती कर्मचारीले राजधानीसँग भने । यसअघि सीडीओ पठाउँदा गृह मन्त्रालय र मातहतका निकायमा बसेर अनुभव संगालेकालाई बढी प्राथमिकता दिने गरिएको थियो अहिले त्यस्तो पद्धतिलाई बेवास्ता गरिएको बताइएको छ ।

गृह स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँडले आगामी निर्वाचनलाई लक्षित गरी निर्वाचनलाई आफ्नो पक्षमा पार्ने रणनीतिअनुसार कहिल्यै गृहमा नबसे पनि कांग्रेसनिकट भएकै आधारमा कर्मचारीलाई छानीछानी सीडीओमा पठाएको स्रोतको दाबी छ । ‘सीडीओमार्फत निर्वाचनमा आफ्नो पक्षमा माहौल बनाउन वा सहज बनाउने रणनीतिअनुसार मन्त्रीज्यूले उहाँको पार्टीको बफादार कार्यकर्ताजस्तै रहेका कर्मचारीलाई छानीछानी सीडीओमा पठाइरहनुभएको छ, जुन गलत हो,’ गृहकै एक कर्मचारीले भने । ती कर्मचारीका अनुसार यसअघि पनि गृह मन्त्रालय लिने मन्त्रीको पार्टी निकट व्यक्तिहरूले बढी अवसर पाउने भए पनि त्यतिबेला अहिले जस्तो चरम विकृति भने थिएन । ‘अहिले सरुवामा चरम विकृति बढेको छ, यसले गृह प्रशासन नराम्ररी बद्नाम भइरहेको छ,’ उनले दाबी गरे । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x