काठमाडौँ, १६ पुस - सत्ता घटक कांग्रेस र माओवादी केन्द्र संविधान संशोधनबिनै स्थानीय चुनावतर्फ जाने बुझेपछि अप्ठ्यारामा परेको मधेसी मोर्चाले अहिलेकै संशोधन प्रस्ताव अघि बढाइए पनि स्विकार्ने निर्णय गरेको छ ।
शुक्रबार राजधानीमा सकिएको मोर्चाको दुईदिने बैठकले यसअघिका बैठकमा संशोधन प्रस्ताव पहिले परिमार्जन हुनुपर्ने अनि मात्रै स्विकार्न सकिने अडान राख्दै आएको थियो , आजको कान्तिपुर दैनिकमा खबर छ |
मोर्चाले संशोधन विधेयक पारित गर्नका लागि सोमबार सबै जिल्ला सदरमुकाममा खबरदारी प्रदर्शन गर्ने निर्णय लिए पनि अर्को लचिलो नीति लिँदै सत्तारूढ पक्षलाई संशोधन प्रस्ताव अघि बढाउन बाटो खोलिदिने निर्णय लिएको छ ।
तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले संविधान संशोधन प्रस्ताव परिमार्जन हुनुपर्ने माग यथावत् रहे पनि संसदीय प्रक्रिया अघि बढाउने क्रममा आएका रायका आधारमा प्रस्ताव परिमार्जन गरे मोर्चालाई फरक नपर्ने बताए ।