३० जेठ २०८३, शनिबार

सामलिङ्ग पावर कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

कात्तिक १६, २०७८
सामलिङ्ग पावर कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) आज बाँडफाँड हुँदैछ ।

उक्त शेयरको बाँडफाँड कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलको कार्यालयमा हुने भएको हो ।

कम्पनीले विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ अनुसार मंगलवार बिहान ८: ३० बजे शेयर बाँडफाँट गर्ने भएको हो ।

धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार ६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । यसअनुसार २१ लाख ९७ हजारको हात खाली हुनेछ ।

कम्पनीको आईपीओमा अन्तिम दिन कार्तिक ८ गतेसम्ममा २२ लाख ६५ हजार ६९८ वटा आवेदन परेको थियो । उक्त संख्याको आवेदनबाट २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताकालागिआवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ३९.६७ गुणा धेरै हो ।

कम्पनीले कार्तिक ४ गतेदेखि कुल ७ लाख ३० हजार कित्ता साधारण शेयरको बिक्री खुला गरेको हो । कुल निष्काशन तथा बिक्री खुला गरिएको शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । यसरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्