
यामाहाले नयाँ मोटरसाइकल ‘एफजेट भी३ एक्स–कनेक्ट’ सार्वजनिक गरेको छ।
यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बीएस ६ इन्जिनयुक्त मोटरसाइकल सार्वजनिक गरेको हो।
एफईजडित लर्ड अफ स्ट्रिटको रुपमा बजारमा आएको मोटरसाइकल १५० सीसीको रहेको छ।
यामाहाले नेपालका १४ वटा ठाउँबाट सोमबार बाइक सार्वजनिक गरेको हो ।
एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले एमएडब्लु ग्रुपले सबै किसिमका अटोमोबाइल्स बजारमा ल्याएको बताएका छन्।
क्षेत्रीले भने, 'ब्लुटुथ सुविधाबाहेक बाइक १३५ केजीको हल्का वजनको यस बाइक १४० सेक्सनको रेडीयल टायर राखिएको छ, साइड स्ट्यान्ड हटाइएको छ साथै बिएसभिआइ र एबिएसजस्ता अपग्रेड गरिएको छ ।'
उनले नयाँ मोटरसाइकलमा कनेक्ट एस प्रविधिसहित रहेको बताएका छन्। एबीएस सिस्टममा अपग्रेड गरिएको मोटरसाइकलमा ब्लुटुथ कनेक्ट गर्न सकिन्छ।
एमएडब्लु ग्रुप डाइरेक्टर गोपाल अग्रवालले यामाहाले नयाँ प्रविधिका मोटरसाइकल नेपाली बजारमा ल्याइरहेको बताए। उनले अन्य मोटरसाइकलको तुलनामा यामाहा प्रविधिमा अब्बल रहेको दाबी गरे।
यसका लागि यामाहाको मोबाइल एप डाउनलोड गरी कनेक्ट गर्न सकिन्छ। एपबाट मोटरसाइकल पार्किङ लोकेसन, बाइक राइडिङ हिस्ट्री हेर्न सकिन्छ।
यी नयाँ फिचरअनुसार मोटरसाइकलमा रहेको ‘आन्सर ब्याक’ फिचरले बाइकका इन्डिकेटरहरु ब्लिन्किङ हुन्छन् र हर्न बज्न थाल्छ। दोस्रोचाहिँ इ–लक प्रणाली फिचर हो। यसले टर्न इन्डिकेटर स्विचका लागि यो प्रणालीलाई सक्रिय बनाउँछ।
एकपटक इ–लक प्रणाली सेट गरेपछि स्मार्टफोन एपमा पहुँचविनै पनि बाइकलाई अनलक गर्न सकिन्छ। आफूले राखेको सेक्रेट प्याटर्न थाहा नपाई अरुले अनलक गर्न नै सक्दैनन्। यसबाट बाइक चोरी हुनबाट जोगिन्छ।
यसको तेस्रो विशेषता भनेको ‘लोकेट माइ बाइक’ हो। यो फिचर क्लिक गर्दा बाइकको बत्ती १० सेकेन्डसम्म निरन्तर बलिरहन्छ। बाक्लो पार्किङमा यो विशेषता निकै उपयोगी हुनसक्छ।
यो मोटरसाइकलको चौथो विशेषताचाहिँ ‘राइडिङ हिस्ट्री’ हो। यो सुविधा प्रयोग गरेर हरेक पटकको यात्राको रेकर्ड गरी यसबारे विस्तृत जानकारी लिन सकिन्छ।
पाँचौँ विशेषतामा पार्किङ रेकर्ड पर्छ। यसअनुसार आफू बाइकसँग जोडिन सकिन्छ। आफू रहेको स्थान र मोटरसाइकल भएको स्थानको रुट नक्सा देखाइदिन्छ। यसो हुँदा बाइक भएको स्थानमा पुग्न सजिलो हुन्छ।
छैठौँ र अन्तिम विशेषता ‘हाजार्ड’ हो। यो बटन थिचेपछि बाइकका सबै इन्डिकेटर निरन्तर धिपधिपाउन सक्छन्। यसले रोडमा रहेका अन्य राइडरहरुलाई आकस्मिक अवस्थामा सँगै रहन सहयोग पुग्छ।
४ वटा रंगहरु भिन्टेज ग्रिन, डार्क म्याट ब्लु, म्याट रेड र डार्क नाइटमा यो मोटरसाइकल उपलब्ध छ।
पहिलो तीन रंगमा उपलब्ध बाइकको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ। डार्क नाइटको भने ३ लाख ८५ हजार रुपैयाँ रहेको छ।
सन् १९७५ देखि एमएडब्लुले यामाहाका मोटरसाइकल बिक्रीवितरण गर्दै आएको छ।