०७ साउन २०८३, बिहीबार

प्रदेश १ मा आजै मन्त्रीमन्डल विस्तारको तयारी

कात्तिक १६, २०७८
प्रदेश १ मा आजै मन्त्रीमन्डल विस्तारको तयारी

प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का प्रदेश संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले सरकार विस्तारको तयारीमा जुटेको छ । 

मुख्यमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुलाई पनि सपथ गराउने तयारीमा गठबन्धन दलहरु जुटेका हुन् । 

मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको तर्फबाट १/१ जना गरी ५ सदस्यीय मन्त्रिपरिषद गठन तयारी रहेको प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार राईले बताए । 

मन्त्रीहरूमा कांग्रेसबाट उप नेता हिमाल कार्की र प्रमुख सचेतक केदार कार्कीमध्ये एक जना, माओवादी केन्द्रबाट दलका नेता इन्द्रबहादुर र प्रमुख सचेतक झलकबहादुर मगरमध्ये एक जना, एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे, सरिता थापा तथा खिनु लङवा मध्ये एक जना र जनता समाजवादी पार्टीबाट जयराम यादवको नाम चर्चामा रहेको छ ।  

एकीकृत समाजवादीमा भने आफ्नै मुख्यमन्त्री भएको तथा नयाँ पार्टी भएकोले समावेशिता देखाउनु पर्ने बाध्यताका कारण खिनु लङवाको सम्भावना बलियो देखिएको छ । मेची–कोशी र सगरमाथालाई समेट्ने गरी मन्त्री बनाउने तयारी गरेको नेता राईले बताए । मुख्यमन्त्री कोशीबाट बनेका कारण मेचीबाट खिनु लङवा लिम्बूलाई मन्त्रीमा लग्ने सम्भावना रहेको नेकपा (एस)का  प्रदेश सांसदको भनाइ छ । 

दिउँसो ३ बजे मुख्यमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।

गठबन्धन दलहरु भने विहानैदेखी मन्त्री छान्नका लागि ब्यस्त देखिएका छन् ।  

 

salt training

कमेन्ट गर्नुहोस्