०३ असार २०८३, बुधबार

मोदी सरकारले कबाडी बेचेर कमायो ४० करोड भारु

कात्तिक १६, २०७८
मोदी सरकारले कबाडी बेचेर कमायो ४० करोड भारु

भारतको केन्द्र सरकारले कार्यालयहरूबाट १३.७३ लाखभन्दा बढी फाइलहरू बेचेको छ । 

विगत एक महिनामा यसो गरेर भारत सरकारले आफ्ना कार्यालयहरूका लगभग आठ लाख वर्ग फीट क्षेत्र खाली गरेको छ । 

पुराना फाइलको कबाडी बेचेर सरकारले ४० करोड भारु कमाएको राज्यमन्त्री डा जितेन्द्र सिंहले जानकारी दिए । 

प्रशासनिक सुधार तथा लोक शिकायत विभागका शीर्ष अधिकारीहरूसँगको बैठकमा अभियानका नतिजाको समीक्षा गरियो । लामो समयदेखि अड्किरहेको सबै काम सकेर फाइलहरू बेचिएको हो । 

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा गरिएको यो कामको प्रगति विवरण उनलाई बुझाइने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्