३१ जेठ २०८३, आइतबार

मोदीले अँगालो हाल्दा अप्ठ्यारो माने राष्ट्रसंघका महासचिवले (भिडियो)

कात्तिक १६, २०७८
मोदीले अँगालो हाल्दा अप्ठ्यारो माने राष्ट्रसंघका महासचिवले (भिडियो)

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई कोप२६ मा अँगालो हाल्दा गुटेरसले अप्ठ्यारो मानेका छन् । 

ग्लास्गो सम्मेलनको आरम्भमा मोदी र गुटेरसको अडमिल्दो अँगालोको तस्वीर र भिडियो सार्वजनिक भएको हो । 

मोदीले विदेश जाँदा त्यहाँका शीर्ष नेताहरूलाई अँगालो हाल्ने गरेका छन् । 

उनले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, लक्जेम्बर्गका जेभियर बेटल र क्यानडाका जस्टिन ट्रुडोलाई अँगालो हालेका थिए । 

कोप२६मा मोदीले सन् २०७० सम्ममा नेट जिरो कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने बताए जबकि सम्मेलनले त्यसको दुई दशकअघिको लक्ष्य राखेको छ । 

कोप२६ को शुरूआती दिनमा व्यवस्थापनसम्बन्धी अनेकौं समस्या देखिएका छन् । लामो लाइन लाग्नुपरेका सरकारी अधिकारीहरूले बैठकमा भाग लिन नपाएको बताइएको छ । 

सोमवार बिहान हजारौं सहभागीहरू बाहिरको जाडोमा ९० मिनेटसम्म काँप्दै बस्नुपरेको थियो । बैठकमा भाग लिन नपाएपछि सहभागीहरूले रद्दी व्यवस्थापकहरूप्रति आक्रोश पोखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्