३० जेठ २०८३, शनिबार

कन्काईमा १ व्यक्ति मृत फेला

कात्तिक १६, २०७८
कन्काईमा १ व्यक्ति मृत फेला
प्रतिकात्मक तस्वीर

झापाको कन्काई नगरपालिका–१ स्थित खेतको खोल्सीमा १ जना पुरुष मृत भेटिएका छन् ।

घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती मंगलवार बिहान ६ बजेतिर खोल्सीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । 

प्रहरीका अनुसार सोमवार दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती घर नजिकैको खोल्सीमा मंगलवार बिहान मृत अवस्थामा फेला परेका थिए ।

माछा मार्न भन्दै घरबाट हिँडेका उप्रेतीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हुनसक्ने स्थानीयले आंशका गरेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्