३२ असार २०८३, बिहीबार

टक्सार विभागमा सुन र चाँदीको असर्फी किन्नेको भीड

कात्तिक १६, २०७८
टक्सार विभागमा सुन र चाँदीको असर्फी किन्नेको भीड

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ । 

तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको घुइँचो लागेको हो । असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ ।

कोटाभन्दा बढी मानिसहरूको घुइँचो देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिएका छन् । उनले चाँदीको असर्फी भने पाउने आशा गरेका छन् ।

हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गरेको सिनामंगलका विजय उपाध्यायले पनि भीडका कारण यस वर्ष सुनको असर्फी पाउने आशा मारेका छन् । उनले चाँदीको असर्फी भने आउने आशा व्यक्त गरे ।

टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ ।

पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार २१९ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दशैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्