२३ असार २०८३, मंगलबार

तनहुँमा दोस्रो ऋषिङ अध्यक्ष भलिबल कप हुने

कात्तिक १६, २०७८
तनहुँमा दोस्रो ऋषिङ अध्यक्ष भलिबल कप हुने
प्रतिकात्मक तस्वीर

आगामी मंसिर ११–२२ गतेसम्म दोस्रो ऋषिङ अध्यक्ष भलिबल कप २०७८ प्रतियोगिता हुने भएको छ ।

गाउँपालिका कार्यालयले मंगलवार दमौलीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ ।

ऋषिङ समृद्धिको आधार, कृषि संस्कृति पर्यटन र पूर्वाधार भन्ने मूलनाराका साथ गत वर्षदेखि शुरूआत भएको भलिबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन लागेको गाउँपालिका कार्यालयले जनाएको छ ।  

जिल्लाको दक्षिण भेगमा पर्ने ऐतिहासिक एवं पुरातात्विक दृष्टिले महत्त्वपूर्ण पालिकाको रूपमा परिचित ऋषिङ गाउँपालिकालाई विकास निर्माणको साथै खेलकूद क्षेत्रको केन्द्रका रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । जनप्रतिनिधि निर्वाचित भएर आएको दोस्रो वर्षदेखि नै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट शुरू गरिएको उनले बताए ।

तेस्रो वर्षदेखि विकास निर्माणका कार्यलाई तीव्रता दिँदै खेल जगतलाई पनि सँगसँगै लैजानुपर्छ भन्ने उद्देश्यले खेलकूदलाई प्राथमिकतामा राखिएको हो । अध्यक्ष श्रेष्ठले भने, ‘गाउँपालिकाको साथसाथै मुलुकभरका खेलाडीको प्रतिभालाई ऊजागर गर्न यो प्रतियोगिता  प्रभावकारी बन्दै गएको छ ।’

प्रतियोगितामा प्रथम हुनेले १ लाख ४० हजार, दोस्रोले १ लाख, तेस्रोले ६० हजार र सान्त्वना हुनेले ३० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र पाउनेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्