०२ असार २०८३, मंगलबार

कैदीबन्दीको आन्दोलनपछि ‘गुण्डा नाइके’ गिरी विराटनगरबाट सप्तरी सरुवा

कात्तिक १६, २०७८
कैदीबन्दीको आन्दोलनपछि ‘गुण्डा नाइके’ गिरी विराटनगरबाट सप्तरी सरुवा

मोरङ कारागारका कैदीबन्दीको आन्दोलनपछि अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘गुण्डा नाइके’ अभिषेक गिरीलाई सप्तरी कारागारमा पठाइएको छ ।

काठमाडौंस्थित डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी गिरीलाई मंगलवार बिहान ५ बजे. विराटनगर कारागारमा ल्याइएको थियो ।

उनलाई साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्लीबजार कारागार स्थानान्तरण गरेको थियो । मोरङ कारागारमा रहँदा गिरीले कैदीबन्दीलाई कुटपिट गर्दै यातना दिएको घटना बाहिरिएपछि उनलाई काठमाडौंस्थित डिल्लीबजार कारागारमा स्थानान्तरण गरिएको थियो ।

गिरीले दुःख दिने भन्दै कैदीबन्दीले आन्दोलन गरेपछि उनलाई सप्तरी पठाइएको कारागार प्रशासनले जनाएको छ । 

कांग्रेस निकट रहेका गिरीलाई गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा मोरङ कारागार ल्याइएको स्रोतले जनाएको छ । 

गिरीलाई कारागारको प्राङ्गणमा सुरक्षा घेराभित्र दिउँसो ३ बजेसम्म राखिएको कारागारका जेलर रामप्रसाद पोखरेलले बताए ।

गिरीलाई कारागारभित्र पठाउने वातावरण नभएकाले मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशीराज दाहाल र कारागार विभागसँग समन्वय गरेर शुरूमा झापा कारागार पठाउन खोजे पनि नमानेपछि सप्तरी कारागार पठाइएको पोखरेलले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्