मुम्बई – अपूर्व लखियाको निर्देशनमा पहिलो पटक काम गर्दैछिन् भारतीय अभिनेत्री श्रद्धा कपूरले । उक्त फिल्मको नाम ‘हसिनाः द क्वीन अफ मुम्बई’ छ । फिल्मको पोष्टरका आधारमा के आंकलन गर्न सकिन्छ भने यो फिल्म पनि भारतीय सिनेमामा राम्रो चलचित्रमध्येको एक हुनेछ । यो फिल्मको टिजरसँगै अभिनेत्री श्रद्धा कपूरको अभिनयको चर्चा हुँदै आएको थियो ।
श्रद्धा उक्त फिल्मबाट आफ्नो पुरानो भूमिकालाई पनि फरक तरिकाले प्रस्तुत गर्नेछिन् । पहिलोपटक श्रद्धाले एक वायोपिक सिनेमामा काम गर्दैछिन् । हसिना पारकारको भूमिका निभाउन लागेकी श्रद्धाले ४० वर्षको यात्रामार्फत फिल्ममा आउँदैछिन् । यो फिल्ममा एउटी युवतीदेखि चार बच्चाकी आमाका रुपमा समेत उनलाई देख्न सकिनेछ ।
