३० जेठ २०८३, शनिबार

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ ग्रहण

कात्तिक १६, २०७८
कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ ग्रहण

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष शपथ ग्रहण गरेका हुन्।  

सत्ता साझेदार दल नेपाली कांग्रेसका छ, नेकपा (माओवादी केन्द्र) का १२ र नेकपा (एकीकृत समाजवादी) को तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा आज दिउँसो ४ः०० बजे मुख्यमन्त्रीमा नेता शाहीले प्रदेश प्रमुख कलौनीसमक्ष दाबी पेस गरेका थिए । आज साँझ ७ः३० बजेको समय सीमाभित्र नेता शाहीको मुख्यमन्त्रीमा एकल दाबी पेस भएपछि प्रदेश प्रमुख कलौनीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथ गराएका हुन् ।

कर्णाली प्रदेशसभामा हाल ३५ सदस्य छन् । सत्ता गठबन्धन दलमध्ये कांग्रेसका छ, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी) का तीन प्रदेशसभा सदस्य गरी २१ जना छन् । प्रदेशसभामा नेकपा एमालेका भने सभामुखसहित १३ र राप्रपाका एक सदस्य रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्