०४ असार २०८३, बिहीबार

अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्कियो

कात्तिक १६, २०७८
अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्कियो


फ्लाई दुबईको विमानमा चरा ठोक्किन पुगेको छ । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एफजेड–५७४ को विमानमा चरा ठोक्किन पुगेको हो ।

जहाजको बायाँ पङ्खामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
आजै नेपालगन्जमा पनि जनावरमा सीता एयरलाइन्सको जहाज ठक्कर खान पुगेको थियो । दुबै घटनाबाट कुनै अप्रिय क्षति भने भएन ।

salt training

कमेन्ट गर्नुहोस्