×

NMB BANK
NIC ASIA

एकै दिन दुई मुख्यमन्त्री परिवर्तन

कात्तिक १७, २०७८

NTC
Premier Steels

प्रदेश १ र कर्णाली दुवै प्रदेशमा बुधबार मुख्यमन्त्री फेरिएका छन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको ठाउँमा एकीकृत समाजवादीका राजेन्द्र राई र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ठाउँमा नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् ।

Muktinath Bank

नवनियुक्त दुवै मुख्यमन्त्रीले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ का मुख्यमन्त्री आचार्यले अल्पमतमा परेपछि राजीनामा दिएका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने गत वैशाखमा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम पद त्याग गरेका थिए । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राईले बुधबार नै कांग्रेस, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई सहभागी गराएर पाँच सदस्यीय मन्त्रिपरिषद बिस्तार गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले भने बिहीबार मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएको छन् । सुनसरीस्थित राजधानी सहकर्मीका अनुसार एमाले नेता आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सोमबार नै नवगठित एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री बनाउनेगरी गठबन्धन दलहरूबीच सहमति जुटेको थियो । मंगलबार राईसहित नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


Advertisment
Nabil box
Kumari

उनीसहित चार मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराएका हुन् । कांग्रेसबाट दुई जना, माओवादी केन्द्रबाट एक जना र जनता समाजवादी (जसपा)बाट एक जना मन्त्री भएका छन् । नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिलामन्त्री नियुक्त भएका छन् ।

Vianet communication

जसपाका नेता जयराम यादव सामाजिक विकासमन्त्री बन्दा कांग्रेसका सचेतकसमेत रहेका केदार कार्कीले आन्तरिक मामिला मन्त्री र कांग्रेसकै नेता हिमाल कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

आफूले मुख्यमन्त्री पदमा शपथग्रहण गरेपछि राईले पहिले विश्वासको मत लिएर मात्र काम गर्ने प्रतिक्रिया दिए । पत्रकार हरूसँग छोटो कुरा गर्दै मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएपछि मात्र मन्त्रालयको संख्या थप गर्ने र मन्त्रिपरिषद् विस्तार जस्ता काम गर्ने बताए । उनले भने, ‘पहिले हामी विश्वासको मत लिने काम गर्छौं, त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौं ।’ अब प्रदेश सरकारले अर्को बजेट ल्याउने वा नल्याउने’bout सत्तारूढ गठबन्धन र मन्त्रिपरिषद्मा छलफल हुने उनले बताए ।

उता कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा जीवनबहादुर शाहीले मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका हुन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् ।

नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् । शाहीले मुख्यमन्त्रीको शपथ लिएपनि मन्त्रालयको भागबण्डा’bout गठबन्धनका दलहरुबीच सहमति हुन बाँकी छ । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x