०६ असार २०८३, शनिबार

किसमिसलाई पानीमा डुबाएर खाँदा बढी लाभदायक

कात्तिक १७, २०७८
किसमिसलाई पानीमा डुबाएर खाँदा बढी लाभदायक

‍किसमिस गुणकारी ड्राई फ्रुट हो । अंगुरमा हुने सबै गुण यसमा पनि हुन्छ । स्वास्थ्यका लागि यो धेरै लाभदायक हुन्छ । जाडोको बेलामा यसलाई खाँदा अनेकौं रोगबाट बचिन्छ । 

किसमिसमा भरपूर मात्रामा आइरन, पोटेसियम, क्याल्सियम, म्याग्नेसियम र फाइबर पाइन्छ । 

धेरै मानिस त्यत्तिकै किसमिस खान्छन् । तर किसमिसलाई रातभरि पानीमा डुबाएर बिहान खाली पेट खाँदा स्वास्थ्यलाई धेरै गुणा फाइदा पुग्छ । 

स्वास्थ्यविद्हरूका अनुसार, किसमिस खासमा पानीमा भिजाएर नै खाइने कुरा हो । पानीमा भिजाउँदा त्यसमा भएको एन्टीअक्सिडेन्ट र न्युट्रिएन्टको मात्रा बढ्छ । 

यसरी भिजाएर राखिएको किसमिसले रक्तचाप सामान्य राख्छ, पाचन प्रक्रियालाई सहज बनाउँछ, रोगप्रतिरोधक शक्ति मजबूत बनाउँछ, तौल घटाउँछ, हाड बलियो बनाउँछ, रगतको कमी हुन दिँदैन, कलेजको कामलाई सहज
बनाउँछ, मुटु स्वस्थ राख्छ, आँखाको तेज बढाउँछ अनि सासको दुर्गन्ध हटाउँछ ।
 

salt training

कमेन्ट गर्नुहोस्