
प्रहरीले भन्सार छली ल्याइएको सूर्य चुरोटको २ सय ५० बट्टा नस्ट गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भन्सार छली ल्याएको भारतीय सूर्य चुरोट २५० बट्टा नस्ट गरेको हो ।
प्रहरीका अनुसार कार्यालय परिसरमा कार्यालय प्रमुख प्रहरी निरीक्षक नीरु दुवाल, र चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोपी सुर्खेती लगायत स्थानीयको रोहबरमा नस्ट गरिएको प्रहरीले जनाएको छ ।