०३ असार २०८३, बुधबार

कुकुरलाई यातना दिने व्यक्तिलाई गाईले दियो सजाय (भिडियो)

कात्तिक १७, २०७८
कुकुरलाई यातना दिने व्यक्तिलाई गाईले दियो सजाय (भिडियो)

भारतमा एक व्यक्तिले कुकुरलाई कान समातेर उचाल्दै यातना दिएपछि उक्त व्यक्तिलाई गाईले सजाय दिएको छ । 

त्यो मान्छेले कुकुरको कान समातेर आफ्नो छातीसम्म तानेको थियो अनि कुकुर कुइँकुइँ गर्दै भाग्न खोजेको छ । 

भिडियो भारतका वन अधिकृत सुशान्त नन्दाले शेयर गरेका हुन् ।

कुकुरलाई सताउने मान्छेलाई गाईले सिङले हानेको थियो ।

छक्क पारेको मान्छेलाई गाईले आक्रमण गरेर भुइँमा लडाइदिन्छ र कुल्चिदिन्छ । त्यसपछि भिडियो सकिन्छ । 

कुकुरमाथि अत्याचार गर्ने मानिसलाई सामाजिक सञ्जालमा चर्को आलोचना गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्