०८ साउन २०८३, शुक्रबार

जाडोको मौसममा खानुस् सखरखण्ड, छन् अनेकौं फाइदा

कात्तिक १७, २०७८
जाडोको मौसममा खानुस् सखरखण्ड, छन् अनेकौं फाइदा

जाडोको मौसममा सखरखण्ड खानुको विशेष महत्त्व छ । यो खान स्वादिलो हुन्छ र स्वास्थ्यका लागि पनि लाभप्रद छ । 

सखरखण्डमा सबै पोषक तत्त्व र एन्टीअक्सिडेन्ट गुण पाइन्छन् । यो खाँदा इम्युनिटी बढ्नुका साथै मुटु र आँखा स्वस्थ रहन्छ । 

यसका फाइदा यस्ता छन् ।

सखरखण्डमा भिटामिन ए र सी अत्यधिक मात्रामा पाइन्छ । यसले आँखाको तेज बढाउन सहायता गर्छ । आँखाका समस्या यसले हुन दिँदैन । 

सखरखण्डमा ग्लाइसेमिक इन्डेक्स कम हुनाले मधुमेहका रोगीले तनाव नलिइकन यसलाई खान मिल्छ । 

यसमा प्रचुर फाइबर हुनाले शरीरको कोलेस्ट्रोल घट्न सहायता गर्छ ।

यसमा पोटेसियम पाइन्छ । यसको सेवनले रक्तचाप नियन्त्रणमा रहन्छ । उच्च रक्तचाप भएका मानिस र मुटुरोगीले अवश्य सखरखण्ड खानुपर्छ । 

सखरखण्डमा आइरन पनि पाइन्छ । शरीरमा आइरनको कमीलाई यसले हटाउँछ । यसबाट रक्तकोषिकाको निर्माण राम्ररी हुन्छ । यसले रोगबाट बचाउँछ । 

फाइबर अत्यधिक हुनाले यसले पाचनतन्त्र पनि बलियो बनाउँछ । कब्जियतको समस्यामा मुक्ति दिन यसले सहायता गर्छ । पेटसम्बन्धी समस्या भएकाहरूले यसको अवश्य सेवन गर्नुपर्छ । 

सखरखण्डले इम्युनिटी बूस्ट गर्ने भएकाले थकान र कमजोरी हटाउँछ ।
 

salt training

कमेन्ट गर्नुहोस्