०५ साउन २०८३, मंगलबार

तिहार मनाउन घर फर्किनेलाई कोरोनाको खोप

कात्तिक १७, २०७८
तिहार मनाउन घर फर्किनेलाई कोरोनाको खोप

तिहार मनाउन गाउँ फर्किनेहरूलाई धमाधम कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।

सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकहरूलाई उपत्यकाका विभिन्न स्थानबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेहरूलाई काठमाडौं उपत्यकाको बल्खु, कोटेश्वर, गोंगबु र कलंकी चोकमा कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन भइरहको छ । 

आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन दिएको खबर सञ्चारमाध्यमबाट सुनेपछि कोरोनाविरुद्धको खोप लगाउन आएको सर्वसाधारणहरूले बताएका छन् ।

सर्वसाधारणहरूले सरकारले गरेको यो कार्यक्रम उचित रहेको प्रतिक्रिया दिएका छन् । 

उनीहरुले कोरोनाविरुद्धको खोप लगाउन पाउँदा आफूले सुरक्षित महशुस गरेको बताए ।

मन्त्रालयका अनुसार दुई दिनसम्म सञ्चालन हुने खोप अभियान बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ । 

मंगलबारबाट शुरू भएको खोप अभियान नागरिकले आफ्नो परिचयपत्र देखाएर लगाउन सक्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्