२२ जेठ २०८३, शुक्रबार

आगामी वर्ष महाकवि देवकोटाको जन्मजयन्ती उनकै कुञ्जमा मनाइने

कात्तिक १७, २०७८
आगामी वर्ष महाकवि देवकोटाको जन्मजयन्ती उनकै कुञ्जमा मनाइने

नेपाल प्रज्ञा प्रतिष्ठानले आगामी वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती उनकै कुञ्जमा मनाउने योजना बनाएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा रचना वाचन कार्यक्रममा प्राज्ञहरुले देवकोटा कुञ्ज आफ्नो कार्यकालमा सम्पन्न गरिने बताए ।

प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले देवकोटा राष्ट्रप्रेमी, भाषाप्रेमी, स्रष्टा, अभियानकर्मी र राजनीतिज्ञ भएको उल्लेख गरे । प्रतिष्ठानका काव्य विभागका प्रमुख हेमनाथ पौड्यालले आफूहरुको अवधि झण्डै एक वर्ष बाँकी रहेको र यही अवधिमा देवकोटा कुञ्ज निर्माण सम्पन्न गरिने बताए । देवकोटा नेपालमा मात्रै नभएर विश्वमा नै प्रख्यात रहेको उनको भनाइ छ । देवकोटाका सबै कुरा संरक्षण गरिने उनले उल्लेख गरे ।

    देवकोटाका छोरा प्रा डा पद्मप्रसाद देवकोटाले महाकवि देवकोटाका स्मृति सङ्कलन र संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गरे । विगतमा परिवारलाई नै संरक्षण गर्न भनिए पनि अहिले प्रतिष्ठान नै कुञ्ज निर्माणमा लागेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्