
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समय अगावै प्रतिनिधि सभाको चुनाव (अर्ली इलेक्सन) नहुने दावी गरेका छन् । बरु रिक्त स्थानमा उपनिर्वाचन हुने उनले बताए ।
भक्तपुरको मध्यपुर ठिमी नगर कमिटीले बिहीवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गरेका हुन ।
‘पाँच दलीय गठबन्धन झन बलियो हुनेछ, यो गठबन्धनलाई कसैले भत्काउन सक्दैन,’ अध्यक्ष नेपालले भने, ‘आजै चुनाव हुन्छ, छिटै चुनाव हुन्छ कि भनेर भ्रम नपाले हुन्छ । छिटै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव समयमै हुनेछ ।’
नेता नेपालले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्ने दावी गरे । पूर्वप्रधानमन्त्री नेपालले अर्ली इलेक्सनको सट्टा केही समयपछि राष्ट्रियसभा, स्थानीय तह र रिक्त स्थानमा उपनिर्वाचन हुने बताए ।