
बुटवलमा यस क्षेत्रकै पहिलो गौ संरक्षण केन्द्र तथा अनुसन्धान स्थल स्थापना भएको छ ।
उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो ।
बिहीवार लक्ष्मी पूजा अर्थात गोवर्धन पूजाका अवसरमा केन्द्रको शुभारम्भ गरिएको छ।
हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहारको गाईपुजाको अवसर पारेर नंदनी गौआश्रम उद्घाटन गरिएको हो।
एक समारोहका बिच मुक्तिनाथ धामका पिठाधिस ब्रह्मनन्द स्वामी लोकानन्द र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र लोकानन्द स्वामीले संयुक्तरूपमा उद्घाटन गरेका छन। पाँच वटा गाईलाई पंन्च कन्याद्वारा प्रवेश गराएर शुभारम्भ गरिएको थियो।
करीब ६ विगाहा क्षेत्रफलमा तारजाली गरिएको छ । जहाँ ५० बढि गाई अट्ने सेड पुर्वाधार निर्माण गराइएको छ।
यसैगरि गाईलाई गुड बनाएर दाना र पानीको उपयोग गर्न मिल्ने ब्यवस्था, विद्युत ब्यवस्थापन गरिएको छ। दुई जना गौ हेरालुहरु ब्यवस्थापन गरि गौ हेरालुहरुलाई २ वटा रुम र स्टोर रुम निर्माण गरिएको छ।
यसैगरि मध्येभागमा १ हजार ८ बरपिपल र स्वामीका वृक्ष लगाउने र गोवर्धन पर्वत बनाउने योजना छ।
शिवनगर सामुदायिक वन क्षेत्रमा गौशाला ब्यवस्थापन समिति गठन गरेर चलाउने योजना रहेको छ।
बुटवल उपमहानगरपालिकाका सामाजिक शाखाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
बुटवलमा नन्दिनी गौ संरक्षण केन्द्र स्थापना !
बुटवल उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा शिवनगरमा नन्दिनी गौ संरक्षण केन्द्र स्थापना गरिएको छ ।
सयौं गाईलाई चरण सहितको क्षेत्रमा स्याहारसुरार गर्ने र गाईको बारेमा अनुसन्धान गर्नेगरी गौ संरक्षण केन्द्र स्थापना गरिएको हो । शिवनगर सामुदायिक वन क्षेत्रको करिब ९ बिगाहा क्षेत्रफलमा व्यवस्थित गौ संरक्षण स्थापना गरिएको हो ।
बिहीबार लक्ष्मीपुजा अर्थात् गोबर्धन पुजाको अवसर पारेर बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, मुक्तिनाथ धाम बुटवलका ब्रह्मनिष्ठ शन्त शिरोमणी लोकानन्द स्वामी र सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष नारायणबहादुर घिमिरेले शुभारम्भ गरे।
भविष्यमा गौ अनुसन्धान केन्द्र, पञ्चगब्य उत्पादन र अध्ययन स्थलका रुपमा विकास गर्ने अवधारणा सहित गुरुयोजना बनाएर गौ संरक्षण केन्द्र स्थापना गरिएको बुटवलका प्रमुख सुवेदीले जानकारी दिनुभयो । भव्य गाइपुजा, गोबर्धन पूजा, मन्त्रोच्चारण, भूमिपुजनसहित केन्द्रको शुभारम्भ गरिएको थियो ।
केन्द्रमा तत्कालै बुटवलका सडकमा रहेका छाडा चौपाया (गाई,गोरु) लगिने र चरण क्षेत्र विस्तार गरिने वनका अध्यक्ष घिमिरेले बताए । त्यहाँ लगेपछि पशु सम्बन्धी रोगका विशेषज्ञले परीक्षण गर्नेछन्, सुसारेले घाँसपातको प्रबन्ध मिलाउने प्रबन्ध गरिएको बुटवलका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले जानकारी दिए।
धार्मिक गुरूहरुले गौ संरक्षण केन्द्रलाई संस्कृति र प्रकृतिको संयुक्त आस्थाको केन्द्र बनाउन सकिने बताएका छन् ।
नेपालको राष्ट्रिय जनावर गाईलाई पवित्र र बहुगुणी दुधालु जनावरका रुपमा लिइन्छ ।