०३ असार २०८३, बुधबार

लोकपप नव गायनतर्फ बर्देवालाई स्टार अवार्ड

कात्तिक १८, २०७८
लोकपप नव गायनतर्फ बर्देवालाई स्टार अवार्ड

 स्टार अन्तर्राष्ट्रिय अवार्ड २०७८ अन्तर्गत लोक पप नव गायन विधाको अवार्ड गायक एवम टेलिभिजन प्रस्तोता राजेश बर्देवाले पाएका छन् ।

सहिमा श्रेष्ठ र राजेशले स्वर दिएको शर्मिला तामाङको शब्द सिर्जना रहेको अनि भिडियो तर्फ अञ्जली अधिकारी र अनुराग ठकुरीले नृत्य अभिनय गरेको गीत पहिला पहिला भेट हुन्थ्यो दाउरा र घाँसैमा, अहिले हाम्रो भेट हुन्छ फेसबुक र ट्विटरमा ' बाट उनले अवार्ड जितेका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री डा मिनेन्द्र रिजाल , त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षत्री, अभिनेता भुवन केसी, रमेश उप्रेती, धिरेन शाक्य, अभिनेत्री रेजिना उप्रेती,  मोहन निरौला, उत्तम केसी, सुशिल श्रेष्ठ, ,गायक गायिकाहरू कनैया सिङ, सिन्धु मल्ल, सुदाम थापा लगायत अन्य कलाकारको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्