३१ जेठ २०८३, आइतबार

एमसीसी पारित गर्ने बारेको देउवा र प्रचण्डको पत्र सार्वजनिक गरियोस् : भीम रावल

कात्तिक १८, २०७८
एमसीसी पारित गर्ने बारेको देउवा र प्रचण्डको पत्र सार्वजनिक गरियोस् : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको अनुसारको एमसीसी पारित गर्नेबारे भएको पत्राचार सार्वजनिक गर्न माग गरेका छन् ।

बिहीवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उपाध्यक्ष रावलले राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरुन्त सार्वजनिक गर्न माग गरेका छन् ।

रावलले लेखेका छन्, ‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो । राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरुन्त सार्वजनिक गरियोस् । यस्तो विषयमा गोप्य पत्राचार देशघात हो । प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’

बेलायतमा भएको कोप २६ कार्यक्रममा सहभागी भएर बिहीवार नेपाल फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भनेका थिए, ‘एमसीसीको सम्बन्धमा हाम्रो कुरा भइरहेको छ, त्यसकारण छिट्टै पत्रकार सम्मेलन गरेर हामी पास गराउने कुरा छ, मैले र प्रचण्डजीले साइन गरेरै पठाएका छौं त !’

salt training

कमेन्ट गर्नुहोस्