३१ जेठ २०८३, आइतबार

सांस्कृतिक परम्पराले आर्थिक समृद्धिमा सघाउ पुर्‍याउँछ : मुख्यमन्त्री शाही

कात्तिक १८, २०७८
सांस्कृतिक परम्पराले आर्थिक समृद्धिमा सघाउ पुर्‍याउँछ : मुख्यमन्त्री शाही

मुख्यमन्त्री जीवनबहादुर शाहीले तिहारले समाजमा शान्ति एवं स्थायित्व कायम गर्दै कर्णालीमा आर्थिक समृद्धिको ढोका खोल्दै देश निर्माणमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

तिहार पर्वको अवसरमा बिहीवार शुभकामना सन्देश जारी गर्दै उनले सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री शाहीले कोभिड–१९ संक्रमण कायमै रहेकाले सुरक्षित तवरले तिहार मनाउन सबैमा अपिल गरे । उनले कर्णाली प्रदेश एवं स्वदेश तथा विदेशमा रहेका सबैलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना समेत व्यक्त गरेका जारी शुभकामना सन्देशमा उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्