न्युजील्यान्डको ह्यामिल्टनमा लगभग आठ किलोको आलु फलेपछि फलाउने किसानहरूले त्यो संसारकै सबभन्दा ठूलो आलु हो कि हैन भनी निश्चित गराउन चाहेका छन् ।
कोलिन र डोन्ना क्रेग–ब्राउनले आफ्नो खेतमा झारपात सफा गर्ने क्रममा माटोमुनि निकै ठूलो कुरा भेटे ।
उनीहरूले घुँडा मारेर खनजोत गर्दा कुनै फंगस बढेको हुनसक्ने आशंका गरे ।
त्यस वस्तुलाई बाहिर निकालेर बोक्रा अलिकति कोट्याउँदा कोलिनले त्यो आलु रहेछ भनी थाहा पाए ।
त्यो संसारकै सबभन्दा ठूलो आलु हो कि हैन पत्ता लगाउन यो जोडी आतुर छ । कोलिन रक्सी पार्ने मानिस भएकाले यस आलुको भोड्का बनाउन चाहन्छन् ।
उक्त आलुले चर्चा पाएपछि मानिसहरू टाढाटाढाबाट त्यसलाई हेर्न आउने गरेका छन् ।
आलुलाई सानो ठेलामा राखेर कोलिन र उनकी पत्नीले यताउता लैजाने गरेका छन् ।