३० जेठ २०८३, शनिबार

दुर्घटनामा स्कुटर चालकको मृत्यु

कात्तिक १९, २०७८
दुर्घटनामा स्कुटर चालकको मृत्यु
प्रतिकात्मक तस्वीर

गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश०२–०१६प ३४३६ नम्बरको स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीनदोबाटोमा दुर्घटना भएको हो । 

दुर्घटनामा मृत्यु हुनेमा रामेछापको लिखु गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि नगरपालिका धुन्चेपाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका तामाङलाई लगत्तै प्रहरीले उपचारका लागि नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल पुर्‍याएको थियो । उनको उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्