
पछिल्लो २४ घण्टामा थप १८३ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ४ हजार ८४४ जनामा परीक्षण गर्दा १८३ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोनाले थप २ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको कूल संख्या ११ हजार ४३८ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण निको भई थप ६४९ जना डिस्चार्ज भएका छन् । शुक्रवार देशभर ८ हजा ४१३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।