१३ असार २०८३, शनिबार

शिक्षासेवी डिल्लीप्रसाद शर्माको निधन

कात्तिक १९, २०७८
शिक्षासेवी डिल्लीप्रसाद शर्माको निधन

बागलुङ नगरपालिका–१२ स्थित अमलाचौर निवासी शिक्षासेवी डिल्लीप्रसाद शर्माको ८३ वर्षको उमेरमा शुक्रवार निधन भएको छ ।

काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निमोनियाको उपचार गराइरहेका उनको शुक्रवार बिहान ६ः०० बजे सोही अस्पतालमा निधन भएको हो । 

विक्रम संवत् १९९६ वैशाख १५ गते बागलुङको अमलाचौरमा जन्मिएका उनले लामो समयदेखि प्राध्यापन तथा शिक्षा क्षेत्रमा काम गरेका छन् ।

विक्रम संवत् २०१७ सालमा एसएलसी पास गरेका उनले संस्कृत साहित्यमा आचार्य र अंग्रेजी विषयमा स्नातकोत्तर गरेका थिए । उनले शुरूमा माध्यमिक विद्यालय निरीक्षक र पछि जिल्ला शिक्षा अधिकारी भएर काम गरेका थिए ।

बागलुङ जिल्लाको अमलाचौरमा पृथ्वी माध्यमिक विद्यालय स्थापना गर्न र पछि सोही विद्यालयमा उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न पनि उनको ठूलो योगदान रहेको छ । उनले सो उच्च मावि, पर्वत जिल्लाको फलेबासस्थित पर्वत बहुमुखी क्याम्पस लगायतका क्याम्पसमा लामो समय अध्यापन गरेका थिए ।

साहित्य र लेखनमा गहिरो रुचि राख्ने उनका जननी स्मृति, जनगन्थन पुस्तक तथा अरु कयौं फुटकर लेख र कविता प्रकाशित छन् । 

उनकी धर्मपत्नी दिलकुमारी शर्मा तथा ७ छोरा छन् । उनका छोरा दिलीपप्रसाद शर्मा राष्ट्रिय समाचार समिति (रासस) को अन्तर्राष्ट्रिय समाचार शाखामा सम्पादक छन् । शर्माको बागलुङ जिल्लास्थित जैमिनीघाटमा शुक्रवारै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्