०३ असार २०८३, बुधबार

धानबाली क्षतिको राहत दिन कार्यविधि स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

कात्तिक २३, २०७८
धानबाली क्षतिको राहत दिन कार्यविधि स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
फाइल फोटो

सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि बताए ।

उनले कुस्मामा ४०० केबी सबस्टेसन र जुम्ला सबस्टेसनका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरणतर्फ राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने, कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्स स्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने निर्णय भएको बताए ।

प्रवक्ता कार्कीले लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को जेनेभामा सञ्चालन हुने स्पेसल सेसन अफ द वल्र्ड हेल्थ एसेम्ली, डब्ल्यूएचए ७४(१६) कार्यक्रममा सहभागी हुन स्वीकृत दिने निर्णय समेत गरेको छ ।

प्रवक्ता कार्कीले भने, ‘हालसालै बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने, मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने, कुस्मामा ४०० केबी सबस्टेसन र जुम्ला सबस्टेसनका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरणतर्फ राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने, कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्स स्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने, लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को जेनेभामा सञ्चालन हुने स्पेसल सेसन अफ द वल्र्ड हेल्थ एसेम्ब्ली, डब्ल्यूएचए ७४(१६) कार्यक्रममा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।’

मन्त्री कार्कीले खोप लगाउन योग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्