११ साउन २०८३, सोमबार
फेस सेभिङतर्फ सर्वोच्चको आन्दोलन

सर्वोच्चको तनाव मत्थर हुने संकेत, फुलकोर्ट राखेर सुधारका एजेन्डा लागू गराउने विकल्पमा छलफल !

कात्तिक २३, २०७८
सर्वोच्चको तनाव मत्थर हुने संकेत, फुलकोर्ट राखेर सुधारका एजेन्डा लागू गराउने विकल्पमा छलफल !

दुई साताभन्दा लामो समयदेखि सर्वोच्च अदालतमा देखिएको तनाव मत्थर हुने संकेत देखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकासँग असन्तुष्ट न्यायाधीशहरू यसैगरी इजलास बहिष्कार गरेर लामो समयसम्म जान नसकिने निष्कर्षमा पुगेका हुन् ।

मंगलवारको बैठकमा न्यायाधीशहरूबीच अब सबै खाले मुद्दा हेरेर सुधारका एजेन्डा लागू गराउँदै जाने विकल्पमा छलफल भएको थियो ।

'मुद्दै नहेर्ने कुराले धेरै राम्रो गर्दैन कि भन्ने विषयमा छलफल चलिराख्या छ । उहाँ (प्रधानन्यायाधीश)को सुधारकै चाहना हो भने हामीले चाहेको पनि सुधार हो,' बैठकमा सहभागी एक न्यायाधीशले लोकान्तरसँग भने, 'सुधारकै एजेन्डा राखेर फुलकोर्ट बोलाउने कि भन्ने कुरा भा’छ ।'

उनले फुलकोर्ट बैठक राखेर गोलाप्रथासहितका सुधारका एजेन्डा लागू गराएपछि इजलासमा फर्किने विकल्पमा छलफल भएको संकेत गरे । उनले फुलकोर्ट बैठकमा आफूहरूको पहिलो एजेन्डा नै गोलाप्रथाबाट पेशी तोक्ने विषय रहने बताए ।

'अब बिहीवार पुन: बैठक बसेर टुंगो लगाउने भन्ने छ,' उनले भने, 'उहाँले सुधार चाहेको हो भने सुधार गराउँदै जाने र हाम्रो एजेन्डा पनि लागू गराउँदै जाने कि भन्ने विकल्पमा छलफल चलिरहेको छ ।'

भोलि बुधवार सार्वजनिक बिदा परेकाले न्यायाधीशहरूको बैठक पर्सिका लागि तय भएको हो ।

यही कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् ।

मंगलवार जबराले सबै खालका मुद्दा पेशीमा चढाए पनि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेनन् ।

प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा भने मुद्दाहरूको नियमित सुनुवाइ गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्