०१ असार २०८३, सोमबार

नक्कली लालपुर्जा धितो राखेर १९ करोड ऋण दिएको आरोपमा बैंकका २ कर्मचारी पक्राउ

कात्तिक २३, २०७८
नक्कली लालपुर्जा धितो राखेर १९ करोड ऋण दिएको आरोपमा बैंकका २ कर्मचारी पक्राउ
प्रतिकात्मक तस्वीर

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जाका आधारमा १९ करोड रुपैयाँ ऋण दिएको आरोपमा कुमारी बैंकका २ कर्मचारीसहित ४ जना पक्राउ परेका छन् । 

बारामा रहेको गायक अमात्यको १२ बिगाहा जग्गाको नक्कली लालपुर्जा पेश गरेर कुमारी बैंकको बारा शाखाबाट १९ करोड ऋण दिने ऋण अधिकृत सोनु ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको छ । 

अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर काठमाडौंका एसके महर्जन र मुक्तिलाल गौतमले कुमारी बैंकको बारा शाखाबाट १९ करोड ऋण लिएका थिए । उनीहरूले पेश गरेको नक्कली लालपुर्जाकै आधारमा कुमारी बैंक बारा शाखाका ऋण अधिकृत ठाकुर र राजेश चौरासियाले १९ करोड ऋण स्वीकृत गरेर दिएका थिए ।  

गायक योगेश्वर अमात्यको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेको सीआईबीका प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार कुमारी बैंकका कर्मचारीहरू ठाकुर र चौरासियाकै मिलेमतोमा गायक अमात्यको १२ बिगाहा जग्गाको नक्कली लालपुर्जा बनाइएको र त्यही धितो राखेर महर्जन र गौतमको समूहले १९ करोड ऋण निकालेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्