०४ असार २०८३, बिहीबार

मन्त्रीले बाँडे छठका व्रतालुलाई नगद

कात्तिक २३, २०७८
मन्त्रीले बाँडे छठका व्रतालुलाई नगद

प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छठका व्रतालुलाई कुल नगद ५५ हजारसहित ११० थान सारी वितरण गरेका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० का ११० जना छठ व्रतालुलाई जनही नगद ५०० र एक थान सारी मन्त्री साहले प्रदान गरेका हुन् । स्थानीय रामलखन मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री साहले छठ पर्वलाई हर्षोउल्लासका साथ मनाउन प्रोत्साहन गर्न सानो सहयोग गरेको बताए ।

छठ पर्वको जगेर्नामा मधेशका महिलाको ठूलो योगदान रहेको चर्चा गर्दै प्रदेश सरकार सबै जातजातिको सांस्कृतिक पर्वको संरक्षणमा प्रतिबद्ध रहेको उनले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्