३२ असार २०८३, बिहीबार

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

कात्तिक २४, २०७८
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै यो बीचमा पहाडी भूभागमा आंशिक बदलीबाहेक सामान्यतया मौसम सफा रहने उल्लेख गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक २४ गते (बुधबार)

दिउँसो:  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  

२०७८ कार्तिक २५ गते (बिहिबार)

दिउँसो:  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  

२०७८ कार्तिक २६ गते (शुक्रबार)

दिउँसो:  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

salt training

कमेन्ट गर्नुहोस्