०६ असार २०८३, शनिबार

को हुन् मलालाका पति ? कहाँ र कसरी भएको थियो भेट ?

कात्तिक २४, २०७८
को हुन् मलालाका पति ? कहाँ र कसरी भएको थियो भेट ?

नोबल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइले जीवनको नयाँ अध्याय शुरू गरेकी छन् ।

इंग्ल्याण्डको बर्मिंगमले उनले असर मलिकसँग विवाह गरेकी हुन् । उनले गरेको ट्वीटमा बधाई र शुभकामनाको ओइरो लागेको छ ।

उनका पति अ;र मलिक पाकिस्तान क्रिकेट कन्ट्रोल बोर्डमा जनरल म्यानेजरका रूपमा कार्यरत छन् ।

मलिक पाकिस्तान सुपर लीगमा पनि एक टीमको व्यवस्थापक रहिसकेका छन् ।

मलिकले सन् २०१२ मा लाहोर युनिभर्सिटीबाट स्नातक डिग्री लिएका छन् ।

उनले एक प्लेयर म्यानेजमेन्ट कम्पनी पनि सञ्चालन गरिसकेका छन् ।

मलाला र असरको पहिलो भेट सन २०१९ मा क्रिकेट म्याचका दौरान भेट भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्