२५ जेठ २०८३, सोमबार
सर्वोच्चमा तनाव

प्रहरी हस्तक्षेपपछि आक्रोशित बार अध्यक्षको आह्वान– भोलि सर्वोच्चका सबै इजलास बहिष्कार !

कात्तिक २५, २०७८
प्रहरी हस्तक्षेपपछि आक्रोशित बार अध्यक्षको आह्वान– भोलि सर्वोच्चका सबै इजलास बहिष्कार !

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि सर्वोच्चमा सम्पूर्ण इजलास बहिष्कार गर्न वकिलहरूलाई आह्वान गरेका छन् ।

शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि आक्रोशित श्रेष्ठले यस्तो आह्वान गरेका हुन् ।

अब प्रधानन्यायाधीशको राजीनामा होइन, पदच्युत गर्नुपर्ने आफूहरूको माग रहेको उनको भनाइ थियो । 

श्रेष्ठले सर्वोच्चमा भ्रष्टाचार, अनियमितता सबैको नाइके प्रधानन्यायाधीश भएको आरोप समेत लगाए ।

यसअघि बारको धर्नामा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा बारका महासचिव लीलामणि पौडेलको नाकमा सामान्य चोट लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्