०३ साउन २०८३, आइतबार

जनगणनालाई सावधानी र चुस्तताका साथ सञ्चालन गर्न अध्यक्ष नेपालको आग्रह

कात्तिक २५, २०७८
जनगणनालाई सावधानी र चुस्तताका साथ सञ्चालन गर्न अध्यक्ष नेपालको आग्रह

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बहुआयामिक महत्त्वको राष्ट्रिय जनगणनालाई सावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गरेका छन् ।

उनले जारी गरेको सन्देशमा जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने हुँदा यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए ।

आगामी दिन मुलुकको विकास तथा निर्माण प्रक्रियामा आवश्यक योजना तय गर्न यसले एकीकृत तथ्यांक प्रणालीलाई व्यवस्थित गर्ने भएकाले संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि अभियानलाई सफल पार्नुपर्नेमा जोड दिइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्