०१ असार २०८३, सोमबार

बाजुरामा २ पुरुष मृत फेला

कात्तिक २५, २०७८
बाजुरामा २ पुरुष मृत फेला
प्रतिकात्मक तस्वीर

बाजुराका छुट्टाछुट्टै स्थानमा २ पुरुष मृत भेटिएका छन् ।

मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगंगा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन् । 

चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा तथा  कटुवाल बूढीगंगा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगंगा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कटुवाल कात्तिक २२ गतेदेखि बेपत्ता थिए । चदारा रोजगारीको सिलसिलामा सदरमुकाम मार्तडी आउँदै थिए ।  

कटुवालको शव परीक्षणपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको छ भने चदाराको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्