०६ असार २०८३, शनिबार

‘पर्दा पछाडि’ करीना कपूर र आमिर खानका अनौठा हर्कत !

कात्तिक २५, २०७८
‘पर्दा पछाडि’ करीना कपूर र आमिर खानका अनौठा हर्कत !

हरेक मान्छेका अनेक बानी हुन्छन् । कतिपय बानी अधिकांशलाई थाहा हुन्छन् भने केही थाहा हुँदैनन् ।

चलचित्रको पर्दामा देखिने अभिनेता, अभिनेत्रीबारे दर्शकले रुचि राख्छन् तर चलचित्रको पर्दामा सबैकुरा देखिँदैन ।

चलचित्रको पर्दा पछाडि अभिनेत्री करीना कपूर र अभिनेता आमिर खानका अनौठा हर्कतबारे भारतीय सञ्चारमाध्यम अमरउजालाले लेखेको छ ।

अभिनेत्री करीना कपूरमा नङ टोक्ने खराब बानी देखिन्छ । उनी मौका मिल्ने बित्तिकै नङ टोक्न थाल्थिन् र चपाउँछिन् । करीनामा मात्रै होइन, कतिपय व्यक्तिमा यो खराब बानी देख्न पाइन्छ ।

अभिनेता आमिर खानमा दिनदिनै नुहाउन डराउने खराब बानी छ । उनी व्यक्तिगत सरसफाईमा खासै रुचि राख्दैनन् । उनलाई नुहाउनु ठूलै काम गरे जस्तो लाग्छ । आमिरकी पूर्वपत्नी किरण रावले आमिरलाई धेरै सरसफाइ मन नपर्ने बताएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्