२३ असार २०८३, मंगलबार

एमाले महाधिवेशनको लोगोमा सूर्यभित्रको हँसिया हथौडा गायब !

कात्तिक २६, २०७८
एमाले महाधिवेशनको लोगोमा सूर्यभित्रको हँसिया हथौडा गायब !

नेकपा एमालेको लोगोमा सूर्यभित्रको हँसिया हथौडा हटाइएको छ । नेकपा एमालेको मंसिर १० देखि चितवनमा हुने दशौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक गर्ने क्रममा विना हँसिया हथौडाको सूर्य चिन्ह सार्वजनिक गरिएको हो । 

विधान महाधिवेशनले सूर्यभित्र सुनौलो रङको हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । 

यस्तै तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले प्रतीक चिन्ह सार्वजनिक गरे । त्यसमा गैँडाले कम्युनिस्ट झण्डा समाएको देखाइएको छ । चितवन एकसिंगे गैँडाका लागि प्रख्यात छ ।

salt training

कमेन्ट गर्नुहोस्