०७ साउन २०८३, बिहीबार

एमाले महाधिवेशनमा कसैले उम्मेदवारी दिनुपर्दैन, सहमतिमै नेतृत्व चयन हुन्छ : ईश्वर पोखरेल

कात्तिक २६, २०७८
एमाले महाधिवेशनमा कसैले उम्मेदवारी दिनुपर्दैन, सहमतिमै नेतृत्व चयन हुन्छ : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने बताएका छन् । 

दशौं महाधिवेशनका लागि एमालेले कात्तिक २७ गते देशभर प्रतिनिधि चयन गर्दैछ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि पनि सहमतिमै चयन हुने पोखरेलले बताए । 

शुक्रवार एमाले दशौं राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिद्वारा आयोजित लोगो सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशभरका नेता कार्यकर्ताहरूले सहमतिमै नेतृत्व चयन हुनुपर्ने चाहना राखेको बताए ।

सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘तपाईंहरूले नेताहरूलाई कुन पदमा उम्मेदवारी दिनुहुन्छ भन्ने प्रश्न गर्न थाल्नुभएको छ । दशौं महाधिवेशनबाट सर्वसम्मतिमा एमालेको नेतृत्व चयन हुन्छ ।’  

पोखरेलले एमालेको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्रिय राजनीतिलाई नै सही दिशा दिने बताए । उनले भने, ‘एमालेको महाधिवेशन एमालेको जीवनमा मात्र होइन, राष्ट्रिय जीवनमा समेत यसको विशेष महत्त्व छ । दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्रिय राजनीतिलाई नै सही दिशा दिनेछ ।’

अहिले नेपालको राष्ट्रिय राजनीतिमा दुई ध्रुवमा विभाजित भएको  र एउटा ध्रुवको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको र अर्को ध्रुवको नेतृत्व अन्य राजनीति दलहरूले गरेको उनले बताए । 

‘अहिले राष्ट्रिय राजनीति दुई पोलमा विभाजित छ । एउटाको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छ, अर्कोको नेतृत्व अरू राजनीतिक दलहरूले गरेका छन्,’ उनले भने, ‘देशलाई माया गर्ने, विकास निर्माण गर्ने जनता ओलीको पक्षमा छन्, त्यसका विरोधी अर्को ध्रुवमा छन् ।’

salt training

कमेन्ट गर्नुहोस्