०९ असार २०८३, मंगलबार

उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेशलाई उनकै बाबुले पार्टीबाट निकाले

कात्तिक २०, २०७४
उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेशलाई उनकै बाबुले पार्टीबाट निकाले
काठमाडौं, १६ पुस–समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादले पार्टी विवादकाबीच शुक्रबार राति उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव तथा पार्टीका राष्ट्रीय महासचिव रामगोपा यादवलाई ६ वर्षको लागि पार्टीबाट निष्काशन गरेका छन् ।

अखिलेश मुलायका छोरा र राम गोपाल भतिजा हुन् । उनीहरु माथि पार्टीलाई सिध्याउने खेलमा लागेको आरोप लगाइएको छ ।

अखिलेको स्थानमा पार्टीले अब नयाँ मुख्यमन्त्री चयन गर्ने मुलायमले बताएका छन् । रामगोपालले आगामी विधान सभा चुनावमा पार्टीका उम्मेद्वार चयन गर्न जनवरी १ तारिखमा पार्टीको राष्ट्रिय सम्मेलन बोलाएपछि रिसाएका मुलायमसिंहले दुबैलाई पार्टीबाट कारबाही गरेका हुन् ।

मुलायमसिंहले पार्टी अध्यक्षबाहेक अरु कसैलाई पनि राष्ट्रिय सम्मेलन डाक्ने अधिकार नभएको जिकीर पनि गरेका छन् ।

रामगोपालले बोलाएको पार्टीको राष्ट्रिय सम्मेलनलाई अखिलेशले समर्थन गरेकाले उनीहरुलाई पार्टीबाट निकाल्नु परेको मुलायमले बताएका छन् ।

अब पार्टीबाट निष्काषित भएसँग अखिलेशको मुख्यमन्त्री पद समेत धरापमा परेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदलाई सदनको बहुमत हासिल भएसम्म उनी पदमा वस्न सक्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्